आमा तिमी प्राण दिने मलाई

आमा तिमी जन्म दिने मलाई

आमा तिमी बोट म फूल त्यसको

हो दान तिम्रो जति जे छ मेरो

संघर्ष गर्न सिकायौ तिमीले

ज्ञानी बन्न सिकायौं तिमीले

अध्यारो तर्फ होइन नानी

उज्यालो तर्फ जाऊ भनी सिकायौ

संघर्षको बाटोमा हिड्नेछु म

अध्यारोलाई उज्यालो बनाउनेछु

ज्ञानी भई नाम कमाउनेछु

सुयोग्य पुत्री तिम्रो कहलाउनेछु

मार्गी बजगाईँ

कक्षाः ९, वि.सं. २०७५

 

Share via
Copy link