गुरु महिमा

अँध्यारोबाट उज्यालोतिर लम्काउने महान् गुरु
गुरुको योगदान र उच्च विचारले भयो हाम्रो पढाइको सुरु
हाम्रो अभिभावक झैँ हाम्रो उज्जवल भविष्यप्रति चिन्तित हुने
विद्यार्थीलाई हिलोमा फुल्ने कमल झैँ माथि उठेर फुल्न सिकाउने

सिकाउनुभो गुरुले लेख्न, पढ्न र सपना देख्न
गुरु भएर नै सक्षम भएका छौँ सफलताको शिखर टेक्न
सिकाउनु भो सधैँ सुकर्म गर्न र सुमार्गमा हिडँ्न
गुरुको कारण सकेका छौँ कठिन परिस्थितिमा भिड्न

सिकाउनु भो हात समाइ क, ख लेख्न पढ्न र चित्र कोर्न
हजुरबाटै सिकेका छौँ निरन्तर खटेर चट्टान फोर्न
गुरु मैनबत्ती झँै भएर दनदनी आगो झैँ जीवनभर जलिरहने
हाम्रो उज्जवल भविष्यको लागि उन्यालो शिक्षाको किरण छरिरहने

सुगमदेखि दुर्गमसम्म गाउँदेखि शहरसम्म छर्ने शिक्षाको ज्योति
गुरु हाम्रो उज्जवल भविष्यका लागि हुनुहुन्छ बहुमूल्य मोति
अब गुरुलाई सबैले सधैँ अपमान होइन सम्मान गर्ने गरौँ ।
आजैबाट ब्युझिँएर गुरुको महत्व बुझी पढ्ने गरौँ ।

Sanumaya

सानुमाया बोहरा
कक्षा–८

Share via
Copy link