गौरा पर्व भगवान विष्णुको आठौँ अवतारको रुपमा श्री कृष्णको जन्मदिनको अवसरमा मनाउने वार्षिक पर्व हो । विशेष गरि यस पर्वमा भगवान श्री कृष्णको पूजा आराधाना गरिन्छ । गौरा पर्व नेपालको एक उत्कृष्ट सांस्कृतिक पर्व र प्रतीक हो। भदौ महिनामा पर्ने यो पर्व नेपालको मध्ये पश्चिम र सुदुर पश्चिममा विशेष रुपले मनाइन्छ । यस पर्वमा शिव र पार्वतीको विशेष पुजा अर्चना गरिन्छ ।

भाद्र शुक्ल पञ्चमी देखि शुरु हुने गौरा पर्वको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा बिरुडा भिजाउने गर्दछन् । त्यसैले यस पञ्चमीलाई बिरुडा पञ्चमी भनिन्छ । बिरुडा पाँच प्रकारका अन्नहरु (मास, केराउ, गहत, गहुँ र गुराँश) मिलाइ बनाइन्छ । भिजाइएको बिरुडा षष्ठीको दिन नजिकैको पवित्र धारा, पँधरो, कुवा आदिमा लगेर पखालिन्छ र घर ल्याइन्छ । सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ मन्दिरमा भित्रयाउने चलन छ । गहुँ, धान र कुश मिलाएर गौरीको आकृति बनाइन्छ । व्रत बसेका महिलाहरुले गौरालाई घर तथा मन्दिरमा राखी कन्याको रुपमा पूजा गर्ने चलन छ ।

अष्ठमीको दिन व्रत वसेर गौरा पर्व मनाउने स्थलमा (गौरा खला) पार्वती र शिवको पूजा गर्ने परम्परा छ । यस पर्वमा शिव र पार्वतीको प्रेम र विवाहको स्मरण गर्दै व्रत बसी विधिपूर्वक शिव र पार्वतीको विशेष पुजा गरिन्छ । यस पर्वमा घमारी, फाग, देउडा जस्ता गीतहरु गाउनृे तथा देउडा खेल्ने गरिन्छ । प्राय जसो महिलाहरुले घमारी फागुजस्ता गीतहरु गाउने गर्दछन् भने पुरुषहरुले देउडा खेली रमाइलो गर्ने गर्दछन् । पञ्च अन्त भएको बिरुडालाई पूजापछि घरघरमा ल्याएर प्रसादको रुपमा ग्रहण गर्ने गरिन्छ ।गौरा पर्वको अन्तिम दिनमा गौरा सेलाउने गरिन्छ ।

गौरा सेलाउँदा गौराघरकी देवीलाई डोलीमा वा डालामा राखी बाजागाजासहित मङ्गल धुन बजाउँदै र फूलपाती चढाउँदै पवित्र जलाशयमा लगिन्छ । जलाशय नभए रुखको हाँगामा सेलाइन्छ । देवीलाई चढाएको फलफल र प्रसाद चाहिँ सफा कपडामा राखी दुई जनाले आकाशतिर फाल्छन् । यसरी फालिएको फलफूल पक्रन भिड लाग्छ । राम्रो फलफूल पक्रनेको भाग्य राम्रो हुन्छ भन्ने भनाइ छ । यस्तो प्रसाद वर्ष दिनहरुलाई पनि बिरुडा पठाउने चलन छ । गौरा पर्व शान्ति र सदभावको पर्व हो । यस पर्वलाई नयाँ लुगा लगाएर र मिठामिठा खानेकुरा खाएर मनाइन्छ । यस पर्वमा देश विदेशमा रहेका आफन्तजनहरु घर आउने गर्दछन् र सबै परिवारका सदस्यहरु मिलेर गौरा पर्व धुमधामका साथ मनाउने गर्दछन् ।

प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणँहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारिदिएपछि विधवा भएकी ब्राह्मणीहरूले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरुप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नु परेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको हो ।

गौरा पर्व मध्य तथा सुदुर पश्चिमको एउटा ठूलो चाड हो । प्राय जसो भाद्र शुक्ल पञ्चमीदेखि नवमीसम्म पाँच दिन मनाइने यस चाडको ठूला धार्मिक, सांस्कृतिक र सामाजिक महत्व रहेको छ । यस पर्वमा विभिन्न किसिम गीतहरु गाएर र देउडा नाँच नाचेर रमाइलो गरिन्छ ।

लेखन : अनुपम कपाडी
कक्षा : १०

Share via
Copy link