खानपानले कुनै अङ्ग

बिग्रे लाग्छ क्यान्सर रोग

खर्चिलो छ उपचार नि

गर्नुपर्छ दुःख भोग ।

लागेपछि क्यान्सर रोग

सितिमिति निको हुन्न

जीवनशैली स्वस्थ भए

क्यान्सर रोगले छुँदै छुन्न ।

बाँच्न सक्छौँ हामी सबै

ग¥यौ भने आँट

समयमै सचेत भई

बचौँ क्यान्सरबाट ।

भयानक क्यान्सरबाट

सदा सचेत बनौँ

सतर्क भई यो रोगलाई आजै बाईबाई भनौँ ।

शान्ति शाही

कक्षा : ६, २०७६

Share via
Copy link