हामी आजका साना साना कोपिला हौं
भोलि फुलेर सुगन्ध छर्नेछौं
पढी,लेखी असल मान्छे बन्नेछौं
समाज र राष्ट्रको विकास गर्नेछौं

बालबालिकाले पढ्न र लेख्न पाऊँ
बालबालिकालाई श्रममा हौइन विद्यालयमा पठाऊँ
बालबालिका भविष्यका कर्णधार हुन्
लेख्न,पढ्न पाउने बालअधिकार हुन्

गाउँमा रोएर बसेका छन् पढ्न लेख्न नपाई बालबालिका
आयो भन्छन बाल अधिकार खै त बालबालिकाले पाएका
कति संघसंस्था छन् बाल अधिकारको लागि खोलिएका
तरअझै पनि छन् बालबालिका पछि परिरहेका

हामी जस्तो कति बालबालिका छन् श्रममा धाएका
कहाँ छन् सबै बालबालिकाले पढ्न लेख्न पाएका
अब हामीले बालश्रमविरुद्ध आवाज उठाउने
के गाउँ के सहर सबैले बराबरी अधिकार पाउने

सानुमाया बोहरा
कक्षा ७

Share via
Copy link