हिन्दुहरुको महान् आस्थाको पर्व श्रीकृष्णजन्माष्टमी भाद्र महिनाको कृष्णपक्षको अष्टमी तिथि श्री कृष्ण जन्माष्टमी पर्व समस्त हिन्दुहरुकै लागि महान् पर्व दिन मानिन्छ । किनभने यसै तिथिका मध्यरातमा रोहिणी नक्षत्रले युक्त भएको समयमा विश्व विभुपरमात्माले श्रीकृष्ण अवतार ग्रहण गर्नु भएको थियो । लोक कल्याणको लागि धर्म रक्षाको लागि र अधर्मको विनाशको लागि अवतार ग्रहण गर्नु हुने भगवानका विविध अवतार मध्येको एक अवतार कृष्णवतार । त्यसैले कृष्णको बारेमा बुझ्नुपर्ने र कृष्णप्रति भक्ति गर्नुपर्ने दिन हो आजको दिन कृष्ण जन्माष्टमी ।
श्री कृष्ण परमात्माले कृष्ण अवतार त्यस समयमा ग्रहण गर्नुभएको थियो । जतिखेर कंश, जरासन्ध, शीशुपाल, दन्तवन्त्र जस्ता शासकहरुमा साम्राज्यवादी व्यवहार बढ्दै गएको थियो । नवजात शिशुहरुको हत्या गर्ने कंश र लोभ र पापले अक्रान्त बनेका दुर्योधनको नराम्रो चालमा भित्र बाहिर दुवैतर्फ अन्धा बनेका धृतराष्ट्र जसले गर्दा पाण्डवहरुलाई जीवन निर्वाह गर्न कठिन भएको थियो । यस्तो परिस्थितिको अन्त्य गर्न दुष्टजनको विनाश गर्न पृथ्वीको रक्षा गर्नको लागि नै श्रीकृष्ण परमात्माले यस धराधरमा मान्छेको रुपमा जन्म ग्रहण गर्नुभएको थियो । उहाँको जन्म मध्यराती जेलमा भएको थियो । उहाँको जन्मले नै संसार नै एक प्रकारको जेल हो भन्ने अर्थ दिन्छ । भगवान् श्रीकृष्ण कृष्णपक्षमा रात्रीको समयमा जन्मनु भएको हो । त्यसैले अध्याँरोलाई चिरेर प्रकाशमा आउनु र आफ्ना भक्तजनमा पनि प्रकाशको गति छर्नु भगवानको दायित्व हो भन्ने संकेत पाइन्छ । उहाँ वासुदेव । देवकीको आठौँ सन्तान हुनुहुन्छ । उहाँको जन्म जेलमा भएपनि पालनपोषण भने गोकुल वृन्दावनमा नै भएको हो । उनी नन्द र यशोधाका पुत्र बन्न गएका थिए । जब धर्तीमा अर्धम हुन लाग्यो तब श्री कृष्णले यस पृथ्वीमा अवतार ग्रहण गर्नुभयो ।
भगवानको लिला एकदमै महिमाजनक छ । उहाँले अधर्मको अन्त्य गर्न धेरै राक्षसको अन्त्य गर्नुभएको छ ।
त्यकत्वा दिव्यं तनुर्विष्णु मानुषेष्विहजायते
युगे त्वय परावृत्ते काले प्रशिथिले प्रभु ः ।।
अर्थात जबजब धर्ममा ग्लानि हुन्छ, अधर्मको वुद्धि हुन्छ त्यो बेला स्वयं भगवानले आफ्नो रुप रचना गर्नुहुन्छ । धर्मको रक्षा गरेर अधर्मको नाश गर्न भगवानले जन्म ग्रहण गर्नुहुन्छ । श्री कृष्ण भगवानले पनि अधर्मको नाश गर्नकै लागि अवतार ग्रहण गर्नु भएको थियो । भगवानको जन्म र कर्म अलौकिक हुन्छ भन्ने कुरा जसले बुझ्दछ र त्यसै अनुसारको जीवनयात्रामा व्यवहार गर्दछ । यस्तो मानिसलाई जन्म मृत्युको चक्करमा पर्नुपर्दैन भनेर भगवानले नै बताउनु भएको छ । उहाँको जीवन सत्यं शिवं सुन्दरंको अनुपम दृष्टान्तको रुपमा रहेको पाइन्छ । उहाँमा एकातिर मैत्री, प्रेम, सद्भावना र सदाचार जस्ता गुणहरु अद्धितीय रुपमा रहेको पाइन्छ भने अर्कोतिर उहाँ दुष्टदमन, अभिमान नाश गराउन र नीति परिपालनको लागि पनि अद्धितीय हुनुहुन्छ ।
‘ये यथामां प्रपद्यन्ते तां तयैव भजाम्यहम् ।’
उहाँले गीतामा जसले मलाई जुन रुपमा हेर्दछ ग्रहण गर्दछ उसलाई त्यस्तै गर्दछु भन्ने कुरा भन्नु भएको छ ।
श्रीकृष्ण भगवानले अन्त्यमा आपसी कलह र द्वन्द्वले अवशान र विनाश बाहेक अरु केही हुँदैन भन्ने सन्देश दिनुभएको छ । आजको दिनमा व्रत लिनाले सात जन्मसम्म गरेका पापहरु नाश हुन्छन् । मनोकाङ्क्षा पुरा ुहुन्छ । जीवन सत्य र धर्मको बाटोमा हिँड्छ । त्यसैले श्रीकष्ण जन्माष्टमी पर्व उल्लास र भक्तिसाथ मनाऔँ र आत्मकल्याणको लागि अग्रसर बनौँ ।
“जय श्रीकृष्ण वासुदेव”


सोनिया चन्द / शान्ति शाही
कक्षा ९

Share via
Copy link