येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।

तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।

 अर्थात्

 जुन रक्षा काँचो धागोले दानवहरुको महान राजा वलिलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ । आजको दिनलाई नेपालभाषामा गुंपुन्हि पनि भनिन्छ। नेवार समुदायले आजको दिनलाई गुंला महिनाको पुन्हिू अर्थात गुंपुन्हिू भनेर मनाउँछन् । यसै अवसरमा उपत्यकाका भित्री सहरका बहाल विहारमा ‘बहिद्यः ब्वयेगु’ भनेर दीपङ्कर बुद्धका मूर्ति एवं यससँग सम्बन्धित अरू मूर्ति, सामान प्रदर्शनका लागि राखिन्छ ।

चाडपर्व विभिन्न चिजहरुको जीवन समारोह भन्दा ठूलो छ । विभिन्न चाडपर्वहरुको आफ्नै महत्व हुन्छ । हिन्दु धर्मका सबैभन्दा पवित्र र महत्वपूर्ण चाडहरुमध्ये जनै पूर्णिमा पनि एक हो । यो पर्व श्रावण वा भाद्र महिनाको पूर्णिमाको दिनमा पर्दछ । विभिन्न समुदाय अनुसार यो पर्व विभिन्न तरिकाले मनाउने गरिन्छ । जनै पूर्णिमाको दिन व्रतबन्ध भएका पुरुषहरुले जनै फेर्ने गर्दछन् । जनै  नलगाउने मानिसहरु पण्डित सामु गएर हातमा डोरो बाध्ने गर्दछन् । ब्राहमण र क्षेत्री समुदायका मानिसहरुले जनै पूर्णिमालाई जनै पूर्णिमा नै भन्ने गर्दछन् । तराइका मानिसहरुले जनै पूर्णिमालाई रक्षा बन्धन भन्ने गर्दछन् । रक्षा बन्धन भनेको आफ्नो दिदीबहिनीले आफ्नो दाजुभाइको हातमा सधैँ सुरक्षित होस् भनेर बाँधिने एउटा पवित्र बन्धन हो । यस दिन पुरुषहरु विशेष गरी ब्राहामण र क्षेत्रीहरु पुरानो जनै परिवर्तन गदर्छन ।  नेपालका केही समुदायमा यो पर्वले तिहारको भाइटिका जस्तै महत्व राख्दछ । जनै पूणिमा एक पवित्र धागोसँग सम्बन्धित छ जुन धागो  पवित्रता वा सुरक्षाको बन्धन हो । जनैले पवित्र धागोलाई जनाउँछ र पूर्णिमाको अर्थ पूर्णिमाको दिन हो त्यसैले यस पर्वलाई जनै पूर्णिमा भनिन्छ । यस पर्वलाई श्रावणी पूर्णिमा, क्वाँटी पूर्णिमा र रक्षा बन्धन पनि भनिन्छ । जनै पूर्णिमालाई नेवार समुदायमा गुन्नी मुन्ही वा क्वाँती पुर्णिमा पनि भनिन्छ । यस पर्वमा नेवार समुदायका मानिसले नौ प्रकारका गेडागुडीको तरकारी खाने गर्दछन् ।

यो चाडमा छुटाउनै नहुने विशेष परिकार भनेको भिजाएर अङ्कुरित भएका गेंडागुडीबाट बनेको क्वाँटी हो । आजको दिनलार्इ क्वाँटी खाने दिन पनि भनिन्छ । दुर्इ दिन अघिदेखि पानीमा भिजाइ राखिएको बिभिन्न ९ प्रकारका गेंडागुडीहरु मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलार्इ क्वाँटी भनिन्छ । हरियो टुसा पलाएको गेंडागूडीलार्इ विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ ।

नेवार समुदायका किसानहरुको विश्वास अनुसार अन्न बाली राम्रो होस् र पानी परोस् भनेर उनीहरु भ्यागुतालाई पूजा गर्छन् ।

यस दिन एक विशेष पकवान तयार पारिन्छ र एक उत्सवको रुपमा परिवारसँग भोजको रुपमा उपभोग गरिन्छ । यो एक विनम्रताका रुपमा, स्वास्थ्य लाभ र अनुष्ठानको लागि खाइन्छ । 

रक्षा बन्धन भाइ र बहिनीको पर्व हो । यस दिन दिदीबहिनीहरु आफ्ना भाइहरुको भलाइमा राखी बाँध्छन् । उनीहरुलाई नराम्रो प्रभावहरुबाट बचाउन, दीर्घायु र खुशी जीवनको लागि प्रार्थना गर्दछन् । यो उनीहरुको सम्बन्धमा पवित्रताको भावना ल्याउने एक उत्सव हो । राखी बाँधिसकेपछि यो अब भाइको कर्तव्य बन्नको लागि कुनै पनि बाधाबाट आफ्नी बहिनीको रक्षा गर्नको लागि हुन्छ । यो परम्पराले दाजुभाइ र दिदीबहिनीहरु बिचको सम्बन्ध अझ प्रेमिल, पवित्र र मजबुत बनाउन मद्दत गरेको छ ।

पौराणिक कथा अनुसार जनै पूर्णिमा वा रक्षा बन्धन सुरूवात हुनुका पछाडि विभिन्न कारणहरु रहेका छन् : भगवान गणेशका दुई छोराहरु शुभ र लाभ थिए । रक्षा बन्धनमा गणेशकी बहिनीले गणेशको हातमा राखी बाधिँन् । उनका छोराहरुले एक बहिनीका लागि दबाब दिन थाले गणेश माग पुरा गर्न सहमत भए र सन्तोपीमा  ईश्वरीय ज्वालाहरुबाट रिद्घि र सिद्घि उत्पन्न भएको थियो । भगवान विष्णुले एक आफ्नो गर्व भक्त जो बालीको रुपमा दण्ड दिए तब भगवान विष्णुले बालीलाई डराएको धागोले बाँधेर नरकमा पठाए । त्यस दिनदेखि पवित्र धागाको रुपमा राखीलाई लिइएको हो । रक्षा बन्धन एक अनुष्ठानका रुपमा भगवान् यम र उनकी बहिनी यमुनाद्वारा पछ्याइएको थियो । जसकारण यम प्रभावित भएर उनको सुरक्षाको वचन दिन्छन् । यमकी बहिनीले यमलाई राखी बाँधिदिएको हुँदा अमरता प्रदान गरिन्  । कृष्ण भगवान युद्धमा जाँदा चोट लागेको थियो र द्रौपदीले आफ्नो साडी च्यातेर उहाँलाई मलमपट्टी गरेकी थिइन् । यस कुराबाट प्रभावित भएर उनलाई आफ्नी बहिनीको रुपमा कृष्णले घोषित गरे । दौपदीको चिरहरण हुदाँ पनि कृष्ण भगवानले उनलाई बचाउनुभएको थियो ।

हरेक चाडवाडको आआफ्नै महत्व र सन्दर्भ हुन्छ । जस्तै : कुनै चाड माटोको चाड हुन्छ, कुनै पानीको चाड र आज यो जनैपूर्णिमा भने धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन ।

 

लेखन : दिव्या सेवा

सम्पादन : तेज कटुवाल

Share via
Copy link