भाद्र कृष्ण अष्टमीका दिनमा देवकी र वासुदेवका आठौं सन्तानका रूपमा भगवान श्रीकृष्णको जन्म भएको थियो । भगवान श्रीकृष्ण सानैदेखि अत्यन्त तेजिला बालक थिए । उनले सानै उमेरमा विभिन्न राक्षसहरूको बध गरेका थिए । उनले आफ्नै बाबुआमालाई थुन्ने मामा कंशसित युद्ध गरी आफ्ना बाबुआमालाई जेलमुक्त गराएका थिए । आफ्नो जीवनकालमा थुप्रै असुरहरूको बध गरेका थिए । जसले गर्दा हामीले कृष्णलाई विष्णुको दशौं अवतारमध्यको एक अवतार मानी पूजा अर्चना गर्ने गरिन्छ । भाद्र कृष्ण अष्टमीका दिन कृष्णका नाममा व्रत बसी भजन गाई जाप गरी कृष्ण जन्माष्टमी मनाउने चलन छ । कृष्णको नाम जाप गर्नाले मुक्तिको द्वार खुल्छ भन्ने जनविश्वास रहेको छ ।
कृष्णको व्यक्तित्व
अत्यन्तै चहक र अति प्रभावशाली व्यक्तित्वका धनी भगवान श्री कृष्णले बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध पार्न सक्दथे । उनको मुस्कानमा हर्ष, मनको सौन्दर्यता र सौम्यताको अद्भभूत चमक थियो । उनको कालो घुम्रिएको कपालमा मयूरको प्वाँख सजिएको हुन्थ्यो । गलामा सुगन्धित रङ्गीचङ्गी फूलको माला पहिरीएका हुन्थे । कृष्णका पोसाकका रङ्गहरु बिजुली चम्किंदाको जस्तो चम्किला हुन्थे । उनको पैतालाका नङका रङग्ंहरुले चन्द्रमाको आभाष मिल्दथ्यो । उक्त कृष्णको स्वर्णाभाष आज पनि गरिन्छ ।
त्यस्ता व्यक्तित्वका धनी उनै श्री कृष्णको परिचयका शृङ्खला थुप्रै छन् । मख्खन चोर, बदमाश, गोपिनीहरूका पानी र दुधका घैला फुटााउने चकचके जस्ता अनेक कार्यहरू,कृष्णलीलाको पगरी गुथेर परिचित छन् । बदनाम तर पनि सबैका प्रिय पात्र । उनका कथाहरु र घटनाहरु बृन्दावन, मथुरा र यमुना किनारमा मात्र नभई सम्पूर्ण भूलोकमैं चर्चित छन् । उनि सम्पूर्ण रुपमा आफ्नो व्यक्तित्वका कारण सबैलाई आकर्षण गर्नसक्ने दिव्य व्यक्तिका रुपमा अझै पनि चर्चित छन् ।

Share via
Copy link