तिमी त जन्म जननी
हुर्कायौ धेरै सन्तान,
सबैलाई चाहिने महत्वपूर्ण तत्व, निशुल्का नै प्रदान गर्छयौ
मानव जस्तो लोभी छैनौ तिमी
न त केही कुराको घमण्ड छ तिमीसँग,
अरुको जीवनलाई सफल बनाउँछ्यौ तिमी तर
पायौँ त पायौँ के?
त्यो कालो धुँवा तिम्रो नशा नशामा बग्छ र त्यो
प्रदुषणले तिम्रो घाँटी हरेकपल रेटिरहेको हुन्छ
मानवलाई मैले के नै मागेको थिँए र ?
केवल ती हातले बोटबिरुवा रोपिदिएको भए आज अभागी हुँदैन थिए होला – म
तिमी त जिउँदो स्वर्ग छ्यौ, प्रकृति
तिमीलाई हेरेर नै स्वर्गको बयान गर्छौँ हामी
एक चोटी तिमीजस्तै सुन्दर बनाइ देऊ न प्रकृति !
मानव तिमी तिम्रो लोभ थोरै कम गर
म पनि लोभै नगरि मसँग भएका सम्पूर्ण कुरा तिमीलाई प्रदान गर्नेछु ।
नकाट तिमी मेरा हातहरु
के नै दोष छन् र तिनका
के काठ, बास, अक्सिजन प्रदान गरेर ठूलो गल्ती गरँे ?
तिमी तँ केवल मलाई संरक्षण गर
म तिम्रो पुस्तालाई अघि बढाउँछु
मेरो संरक्षण गर मानव !
मेरा हत्या नगर मानव !!
बिन्ती छ तिमीलाई …………. !!!
रोहन पखरेल
कक्षा ९
धेरै राम्रो मार्मिक तथा सान्दर्भिक रचना! धेरै धेरै बधाई तथा आगामी दिनमा अझ उत्कृष्ट रचनाहरुको लागि शुभकामना