काठमाडौं, वैशाख ३१ (नागरिक) – गोल्डेनपिक र ग्रिनल्यान्ड चौथो बिएनए कप अन्तर विध्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइज थ्री बाइ थ्रीतर्फ मंगलवार फाईनलमा प्रवेस गरेको छन् । गोल्डेनपिक टिआइएलाई १७ – १२ ले पराजित गर्‍यो । ग्रिनल्यान्डले ओडिसी इन्टरनेसनल एकेडेमीलाई १६ – १४ ले हरायो । जुनियर ब्वाइज इडेन ब्रिज एकेडेमी (इबिए)ले मनासलुलाई २५ – १७, आयोजक बिएनए ‘ए’ले नेपाल ज्ञानभूमिलाई ३५ – २०, स्काइलार्कले एन्जल्स हर्टलाई ३३ – ३०, लालाीगुरासले नाम्सलाई १३ – ७ र गोल्डेनपिकले नेपाल मोडेललाई २६ – १४ ले पाखा लगाउदै क्वार्टरफाईनलमा स्थान सुरक्छित गरे । इबिए ‘ए’ का सन्देश खड्काले १६, स्काइलार्कलका निशान नेपालले २६, लालाीगुरासलका धीरज तामाङले ६ र गोल्डेनपिकका दिनेश राजपालले १२ स्कोर गरे ।

Share via
Copy link