We would like to extend our best wishes to you on the occasion of Happy New Year- 2078
नेपालीहरुको नव वर्ष वि.सं. २०७८ घर आँगनमै आइपुगेको छ । नव वर्षको यस पावन अवसरमा देश विदेशमा रहेका सबै नेपाली समुदाय, यहाँहरुका सबै इष्टमित्र, आफन्तजन, कुलकुटम्ब सबैमा नव वर्ष २०७८ सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ । हाम्रा सबै आदरणीय अभिभावक, विद्यार्थी वर्ग, शिक्षक कर्मचारी एवं शुभेच्छुकहरुका सबै खाले आशाका किरणहरु अङ्कुरित भएर फुलून्, सुख र शान्त भएर बाँच्न, आफ्नो कर्म गर्न र सबल भविष्य निर्माण गर्न सकून् । ‘खोलाले समुद्र नपुगेसम्म आराम नलिएझैं मानिसले सफलता हात नपारुञ्जेल मेहनत गर्नुपर्छ’ भन्ने भनाइ नव वर्षसँगै सिद्ध हुँदै जाओस् । जीवनले गति लेओस् सुस्वास्थ्य, दीर्घायू एवं समृद्धिको यहाँहरुलाई लाखौं लाख शुभकामना !
प्राचार्य
एवं
गोल्डेन पिक हाइ स्कुल परिवार

Share via
Copy link