काठमाडौं (अङ्कुर) : गोल्डेन पिक हाइ स्कुल, सरस्वतीनगर, चावहिलमा नयाँ विद्यार्थी परिषद् निर्वाचित भएका छन् । निर्वाचन प्रणालीमा अभ्यस्त बनाउन तथा प्रजातान्त्रिक ढंगबाट नेतृत्व चयन गर्न कक्षा १० का विद्यार्थीहरुले उनीहरुकै नेतृत्वमा बैशाख २४ गते निर्वाचन गराएका छन् ।

निर्वाचन अधिकृत, स्कुल भाइस क्याप्टेन, प्रत्येक हाउसका एजेन्टहरु, निवार्चन परिवेक्षक, स्वयंसेवीको भुमिका पनि उनीहरुले निभाएका थिए । नयाँ नेतृत्वमा अधिक मत ल्याएर एसोसियट स्कुल क्याप्टेन अनुपम कपाडी भएका छन् भने स्कुल क्याप्टेन सर्वज्ञा राई, भाइस क्याप्टेन सोनामडिकी शेर्पा, रेड हाउस क्याप्टेन इमोनिका, ब्लुहाउस क्याप्टेन विविका, यल्लो हाउस क्याप्टेन सोनिया, ग्रिनहाउस क्याप्टेन प्रिन्सा लगायत प्रत्येक हाउसबाट चार चार जना निर्वाचित भएका छन् ।

विद्यार्थीहरु आफैले नेतृत्व चयन गर्दा उमेद्वार चयन, भोट माग्ने तरिका, निर्वाचन आचार संहिता व्यवहारिक रुपमा सिक्ने भएकाले यो विधी अपनाएको बताउछन् विद्यालय डिपुटी प्रिन्सिपल भानदेव कपाडी । एक एक वर्षमा गरिने यस्तो प्रकारको निर्वाचनले बालबालिकाहरुमा आत्मनिर्भरता, नेतृत्व विकास र निर्वाचन प्रणालीको ज्ञान हुने गरेको छ । निर्वाचित सम्पूर्ण विद्यार्थी परिषदका सदस्यहरुले सबै विद्यार्थीहरुका अगाडी सपथ ग्रहण पनि गरेका छन् ।

Share via
Copy link