सानैदेखि क, ख, ग… सिकाउने मेरी प्यारी आमा

सानैमा हातेमालो गर्दै हिँड्न सिकाउने मेरी प्यारी आमा

सानैमा बोल्न सिकाउने मेरी प्यारी आमा, मेरी प्यारी आमा

नौ महिना आफ्नो कोखमा राखी

सुख र दुःखका दिनहरु बिताइ

उकाली र ओराली सुस्केरा मेट्दै

मलाई जन्माउने मेरी प्यारी आमा

मलाई सुन्दर देश देखाइ काम गर्न जानुहुन्थ्यो आमा

काम गर्दा गर्दै मलाई सम्झेर घर फर्कनु हुन्थ्यो आमा

दुःख र सुखलाई छोडेर मलाई माया गर्नुहुन्थ्यो आमा

सानैबाट मलाई पढाइ, हुर्काइ दिनु भयो आमा

शान्तिको बाटो हिँड्न सिकाइ दिनु भयो आमा

अब मेरो पालो आएको छ प्यारी आमा

तपाईँका यी अतुलनीय योगदानको मूल्य तिर्न

                                                                                    तपाईका यी योगदानहरुको ऋण चुक्ता गर्न नसकिएला आमा

तर म पुरा गर्न कोशिस गरुला आमा

यो जुनीमा पुरा गर्ने नसके मलाई माफ गर्नु आमा

अर्को जुनीमा पुरा गर्न सक्ने आशिर्वाद दिनु आमा

मौसमी रावत

कक्षाः ९ वि.सं.२०७५

Share via
Copy link