आमा तिमी प्राण दिने मलाई
आमा तिमी जन्म दिने मलाई
आमा तिमी बोट म फूल त्यस्को
हो दान तिम्रो जति जे छ मेरो

संघर्क्स गर्न सिकायौ तिमीले
ज्ञानी बन्न सिकायौ तिमीले
अध्यारोतर्फ होइन नानी
उज्यालोतर्फ जाउ भनी सिकायौ

संघर्क्सको बाटोमा हिंड्नेछु म
अध्यारोलाई उज्यालो बनाउनेछु
ज्ञानी भइ नाम कमाउनेछु
सुयोग्य पुत्री तिम्रो कहलाउनेछु
अर्को जुनीमा पुरा गर्न सक्ने आशीर्वाद दिनु आमा

मार्गी बजगाई, कक्षा – ९

Share via
Copy link