फूलको हसिलो मुहारले
सबैलाई मोहित पार्नेले
मलाई मग्न बनायो
उसको त्यो सुगन्धले

चराचुरङ्गी धुनले
दिनको सुरुवात सिकाउनाले
मलाई मोहित बनायो
उसको त्यो सुनौलो बोलीले

छल छलाउदो खोलाले
सबैलाई प्रेरित पार्नेले
मलाई प्रफुल्लित बनायो
उसको यात्रा शैलीले

 

सचिन गुरुङ, कक्षा – ९

 

 

Share via
Copy link